आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ

काठमाडौं । आज (बिहीबार) सुनको भाउ ह्वात्तै घटेको छ। सोमबार र बुधबार क्रमश २-२ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ४ सय रुपैयाँले घटेको हो।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँ र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावल सुन ६५ हजार ४ सय र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...