सन्दर्भ: युएई एनआरएन तथा नेपाली समाजको महाधिवेशन !

केदार कुँवर

युएई । हामी नेपालीहरू जहाँ पुग्छौ त्यहाँ कुनै कुनै रूपमा संगठित हुने परम्परा चलि रहेको छ, कोही बुझेर आफु भन्दा दुःख परेका हरूको सहयोग गरौ भन्ने सेवा भावका साथमा संगठित हुन्छन् भने कोही उक्त संगठनलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ पुर्तिका साथमा भविष्य बनाउने सपनाका साथ संगठनमा होमियका हुन्छन्, यसो भनिरहँदा सबै सक्रिय सेवा भावले होमियकाहरूलाइ एउटै नजर अन्दाज गर्ने कुनै सामार्थ्य मैले किमार्थ राख्दिन, यो त केवल सामाजिक गतिविधीमा सक्रिय रहँदै गर्दा अनुभव गरिरहेको अवस्थामा अनुभुति हुन पुगेको मात्र हो।

Advertisement

जब शुद्द मनका साथमा सेवा भावले लागि परिन्छ तब जस्तो सुकै परिस्थितीको सामना गर्न परे पनि हामी नेपालीहरू पछि पर्दैनौ, हुन त कतिपय अवस्थामा यस्ता निडर स्वाभाव भयका व्यक्तिहरूलाई आफु सक्रिय संगठनका साथीहरूबाट विभिन्न लान्छनाहरू लगाइन्छन् र उसको व्यक्तिगत चरित्र हत्या गर्नमा तल्लिन रहन्छन् यसबाट पक्कै पनि सेवा भावले समर्पित अभियान्ताहरूको कामको तिव्रता प्रति केहि न केहि असर पर्छ नै फलत कमजोर विभेक क्षमता भयको मानिसहरू यो पथलाई सदाका लागि बिट मार्छन् भने हिम्मत भयका अभियान्ताहरू अरू दृढ रहेर अगाडी बढ्छन्।

प्रायः जसो खाडी मुलुकहरूमा जिल्ला सँस्थाहरू गठन हुने होड नै चलिरहेको देखिन्छ, त्यति मात्रै नभइ कन हरेक जातिका सँस्थाहरू छन् भने नेपालका सक्रिय राजनैतिक पार्टीहरूका भातृसँस्थाहरू पार्टी अनुसार कै छन् । प्रायजसो सामाजिक सँस्थाहरूमा सक्रिय व्यक्तिहरू कुनै न कुनै राजनैतिक पार्टीको सदस्य नै रहेको देखिन्छ । यसै बिच खाडी राष्ट युएईमा नेपालीहरूका माउँ सँस्था भनेर चिर परिचीत विगत १९९० देखिको इतिहास बोकेको नेपाली समाज तथा विश्वभर छरियर रहेको गैर आवसिय नेपालीहरूको संजाल गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को महाधिवेसनको सगर्मि बजारमा देखिएको छ। यसका लागी एनआरएनले सदस्यता आहुवान गरि युएईका विभिन्न शहरहरूमा क्षेत्रिय प्रतिनिधीहरूको चयन प्रकृयामा गइरहेको छ भने, नेपाली समाजको महाधिवेसन सम्बन्धी कुनै सुचना जारी भइ नसकेको अवस्था छ।

प्रसंग एनआरएन युएईको मात्र होइन हरेक नेपाली संगठनहरूको हो, सँस्था स्थापित गर्दा उदेश्य श्रमीक नेपालीहरूको हक हित भलाइ अनि उद्दार भन्ने रहेको हुन्छ भने वास्तविक रूपमा यसको मर्म विपरित राजनैतिक वा व्यक्तिगत स्वार्थ लियर सँस्थामा होमिनेहरूको भिडभाड बढ्दो छ। निस्वार्थ समाजसेवीहरूलाइ स्वार्थीहरूको झुण्डले पाखा लगाउँदै आइरहेको कुरा नकार्न मिल्दैन किनकी एनआरएनको अधिवेसनको बखत सधैं जसो राजनैतिक भागवण्डाबाट नै सहमतिको बाटो खोजिन्छ त्यस सँस्थाको सक्रियता, काम, कारवाहीका बारेमा कहिं कतै केहि अनुभव गर्नै पाइदैन, पहिला पार्सद सदस्यहरू बनाइन्छ तर ति पार्सद सदस्यहरूको काम, कर्तव्य, जिम्मेवारीका विषयमा केहि जानकारी दिईँदैन केबल एउटा परिचय पत्र लिने सिवाय उक्त पार्शदको कुनै अर्को काम हुँदैन ।

त्यो परिचय पत्र प्राप्तका लागी भन्दा पनि स्वविभेकले एक नेपालीले अर्कोलाई सहयोग गर्नै अभिप्रायले लालाहित भएर फाराम भरेका हरूको शुल्कको औचित्य पनि रहँदैन हुन त कतिपयलाइ पार्शद बनाइयको हुन्छ भन्ने हल्ला यस अघिको महाधिवेसनका समयमा समाचारमा पढ्न र देख्न पाइएको थियो र पनि विचरा ति हुन् जसले विशुद्द सोंचका साथ पार्शद सदस्यता वापत शुल्क तिरी स्वविवेकले पार्सद भएका थिए।

फेरि मौसम महाधिवेसन अनि निर्वाचन कै छ, नेतृत्वका आकांक्षीहरू सलबलाइरहेका छन्, तिनीहरूले व्यक्तिगत स्वार्थ नलिइ नेपालीहरूको हक हित र भलाई अनि सहयोग गर्ने प्रतिबद्दता जनाई आफुलाई अरू भन्दा अब्बल बनाउने कोशिष गर्दै छन् र युएईमा मात्र सिमीत नरही मध्यपुर्वमा कार्यरत रहेका समस्त मजदुर वर्गहरूको समस्या समाधानका लागी पहल गर्ने भनि उद्घोष गरि रहेका छन्, यस भन्दा अगाडीका नेतृत्व कर्ताहरूले के कति समस्या समाधान गरें ? तेसको लेखा जोखा गर्ने कसले ?

पार्षद भेला भय वा भयनन् यस विषयमा वहस गर्न जरूरी छ वा छैन तो समयले बताउँला। वर्तमान हावाहुरी जसरी चलेको छ नि त्यसलाई नजर अन्दाज गर्दा नेतृत्व तहमा आकांक्षीले यहाँ रहेका राजनैतिक पार्टीका भातृ संगठनको सदस्यता लिइ सक्रिय कार्यकर्ता भयको प्रमाण देखाउँनै पर्ने बाध्यात्मक परिवेश सृजना नहोला भन्न सकिन्न।

मध्यपुर्वका खाडी राष्ट्रहरूमा कार्यरत नेपालीहरूले नेपालको नयाँ संविधानले व्यख्या गरेको आधारमा स्वविभेकले सेवा भावका साथ एनआरएनको सदस्यता आवेदन दिएका वा इच्छा जाहेर गरेका विवेकशिल श्रमिकहरूले सदस्यता लिनु पुर्व पुनर्विचार गर्नै पर्ने अवस्था देखिएको छ।

हुन त हरेक सँस्थाहरूका विधी, विधान हुन्छन् नै प्राय जसो सँस्थाहरूको नेतृत्व तहमा आकांक्षी रहने व्यक्तिले उक्त सँस्थाको केन्द्रिय सदस्य भयर एक कार्यकाल काम गरेको हुनु पर्छ भन्छन् तर यहाँ तो विधी लागु हुन्छ वा हुँदैन, व्यावहारमा उतारिन्छ वा उतारिँदैन अथवा आफुँ अनुकुल नियम विनियमहरू परिमार्जित गरिन्छ तो कुराको जड बुझ्न गाह्रो छ र समयले पनि देखाउँला।

एनआरएन वा नेपाली समाज दुवै सँस्थाको महत्वपुर्ण पदका लागी मरिहत्ते गर्नु पर्ने चुरो के रहेछ ? तो कुरा सेवा भावले सदस्यता लिन इच्छुक आम श्रमिकहरूले बुझ्न नसकिने गहकिलो विषय बनेको छ। सहि र गलत के हो ? तो कुराको विचार गरि खबरदारी गर्दा धम्कीहरू आउने गरेको सुन्न पाइन्छ अनि खबरदारी गर्ने व्यक्तिलाइ नै स्वघोषित समाजसेवीहरूले आफु अनुकुल नभएकोमा वेतुकका लान्छना हरू लगायर उसको सामाजिक तथा व्यक्तिगत चरित्र हत्याउने दुस्प्रयास गर्न पनि पछि पर्दैनन्।

युएईमा कार्यरत श्रमिक नेपालीहरू मध्येमा बौद्दिक व्यक्तित्व हरू पनि होलान्, तिनीहरूले यस्ता समाज प्रति चासो नदेखायको किन होला ? यो प्रश्नले सधै भरि मध्यम वर्गिय श्रमीक नेपालीहरूको मनमा जरा गाडेर बसिरहेको छ। दुईवर्ष अघि महाधिवेसन कै बखत सलबलाएका यहाँका एनआरएन तथा इतिहास बोकेको नेपाली समाजका अभियान्ताहरू पुन महाधिवेसनलाइ नै गन्तव्य गरि सलबलाइरहेको भन्दा अत्युक्ति नहोला।

एनआरएन होस् वा नेपाली समाज होस् दुवै सँस्था श्रमीक नेपाली मुखि भएको अनुभव गर्न पाइएको अवस्था कहिं कतै देखिँदैन, विगतका वर्षहरूमा भन्दा यस वर्ष नेपालीहरूले यहाँको कानुनले निषेध गरेका गतिविधीहरूमा सम्लग्नता रहेको पाइएको छ । नेपालीहरूको यस्तो गतिविधी तथा क्रियाकलाप लाई केहि हद सम्म भए पनि कम गर्नका लागी सचेतना मुलक कार्यक्रमहरू लियर श्रमिक नेपालीहरूको बाक्लो बासस्थान रहेको क्षेत्रहरूमा पुग्न जरूरी रहेको छ।

यस्तो कार्यक्रमहरू भए गरेको कतै भेटिएको छैन, हुन त श्रमीकहरूको लक्ष्र्य राखेर कार्यक्रमहरू कहीं कतै केहि भय होलान् ता पनि त्यस्ता कार्यक्रमहरूमा सुकिला, मुकिला, टाई सुट वाला, स्वघोसित समाजसेवी एवं बौद्दिक व्यक्तीहरूको मात्रै उपस्थिती हुने गर्छ तो पनि तारे होटलहरू मा नै सिमीत रहेको कुरा नकार्न सकिन्न ।

त्यस कारणले यहाँ कार्यरत श्रमीक वर्गहरूलाइ यो एनआरएन एवं नेपाली समाजको महाधिवेसन “कागलाई बेल पाकेर हर्ष बडाइ” भए जस्तै भएको छ र पनि प्रवासको परिवेश, स्थानीय नियम कानुन, दैनिक रोजि रोटीका बाबजुद पनि कुनै कुनै माध्यमबाट नेपाली श्रमिकहरूको समस्याका बारेमा मात्र नरही स्वदेशमा भवितव्य परेका बखत सहयोग जुटाउन सक्रिय रही सामाजिक गतिविधीमा होमियका निस्वार्थी सेवा भावले लागिपरेका ति तमाम सहयोगी मन अनि विशाल हृदय भयका सामाजिक अभियान्ताहरू प्रति सम्मान गर्नै पर्दछ।

More News last news
Loading...