रिजन नेपाल
पोखरा । यति एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरमा सिधा उडान भर्ने भएको छ। एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि र भदौ १६ देखि भरतपुरका लागि नियमित उडान गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए।
उनले भदौ २९ देखि कम्पनीले माउण्टेन फ्लाइट गर्नेछ भने पोखराबाट नेपालगञ्जका लागि चार्टर्ड फ्लाइट सेवा दिनेछ। पोखरा आउने पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि यसअघि बुद्ध एयरले उडान भर्दै आएकोमा यतिले समेत सुविधा थपेपछि पर्यटकको लागि सहज हुने भएको छ।
यतिले मात्र २० मिनेटमा उडानमार्फत पोखरा र भैरहवालाई जोडनेछ। यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको छ। जसमा पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकन गर्न सक्नेछन्।
यस्तै, माउन्टेन फ्लाइटका लागि ८ हजार लाग्नेछ भने पोखरा पोखरा-भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ।

यस्तै पोखरा-भरतपुरका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका प्रवक्ता भीमराज राईले जानकारी दिए।
यतिको नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल छ। सम्भवतः यति एयरलाइन्स दक्षिण एशियाकै पहिलो कार्बन–न्यूट्रल एयरलाइन्स हो। सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथललाई केन्द्रमा राखी ५ वटा एटिआर ७२-५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाइ सेवा दिँदैआएको छ। यतिको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन ओटर र २ वटा डोर्नियर डीओ २२८ मार्फत जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान भरिसकेको छ।
नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउने गरेको तथ्यांक छ। यसरी नेपालका विभिन्न पर्यटकीय सहरमा पोखराले सिधा उडान हुने भएपछि यहाँ पर्यटन प्रवद्र्धन हुने विश्वास गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
