यूएईमा ९८ जना नेपालीको मृत्‍यु, ४ जनाको हत्या

यूएई । यूएईमा गएको आर्थिक वर्ष २०७५/०७६ मा ९८ जना नेपालीको ज्यान गएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन्। यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो।

धेरैको प्राकृतिक कारणले ज्यान गएको छ। प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ । यस अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारण छन्।

Advertisement

तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन्। त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलसहित २१ पुरुषको ज्यान गएको छ। त्यस्तै गएको आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ।

यस् आर्थिक वर्षमा झन्डै ३५ जना नेपालीले ब्लडमनी पाएका छन् ।

More News last news
Loading...