काठमाडौं । आईसीसी टि–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत कतार विरुद्धको खेलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का घाइते भएका छन्।
उनमा ढाडको समस्या देखिएको छ। ढाडमा समस्या आएपछि कप्तान खड्का दोस्रो इनिङ्समा मैदान उत्रिएका थिएनन्। उनमा देखिएकाे ढाडको समस्या कति गम्भीर हो भन्नेबारे सार्वजनिक भइसकको छैन ।
यदि भोलि मलेसियाविरुद्धको खेलमा पनि पारसमा यो समस्या कायमै रहे नेपाललाई थप समस्या पर्ने देखिन्छ। पारसको ढाडमा समस्या देखिएपछि दोस्रो इनिङमा उनको स्थानमा अलराउण्डर पवन शरार्फ मैदान प्रवेश गरेका थिए।
आज पारसले २८ रन बनाए। उनी र ज्ञानेन्द्र मल्लबीच पहिलो विकेटकाका लागि ४९ रनको साझेदारी भएको थियो। यो साझेदारी टि–२० क्रिकेटमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो।
यसका बाबजुत अन्य ब्याट्सम्यानको खराब प्रदर्शनका कारण कतारविरुद्ध नेपाल ४ विकेटले पराजित हुनपुग्यो।विश्वकप छनोट खेल्ने सम्भावना कायमै राख्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
