काठमाडौं । विश्वमा यस्ता घटनाहरु हुन्छन् जसलाई देखेर सहजै विश्वास गर्न गाह्रो हुन्छ। यस्तै नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ।
शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो। मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो। अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए।
उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए।
भिडियो हेर्न यहाँ थिच्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
