छविराज र सिल्पाको मुद्दामा नयाँ मोड, छविकी अर्की पत्नीले हालिन बहुविवाहको मुद्दा

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेका बेला घटनाले नयाँ मोड लिएको छ।

निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको मुद्दा हालेपछि घटनाले नयाँ मोड लिएको हो। हेमाले शिल्पा र छविलाई विपक्षी बनाएर बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन्।

Advertisement

हेमाले जाहेरी गरेको उजुरीमा लेखिएको छ, ‘शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला कामको शिलशिलामा भएको भन्दै उहाँले टार्दै आउनु भएको र दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छविको वहुविवाह भएको प्रमाणित भएका र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै वहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ।’

More News last news
Loading...