सिके राउतको जीवनमा आधारित चलचित्र निर्माण हुने

काठमाडौँ । मधेसका चर्चित नेता डा सिके राउतको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ।

बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा ‘डा सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने जानकारी दिइयो।

Advertisement

चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो। विजेता गिरीको प्रस्तुति रहने चलचित्रको कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो।

चलचित्र ‘डा सिके राउत द प्यासन’ घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो।

डा सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारबीच परिचय आदानप्रदान कार्यक्रम समेत भएको थियो। डा राउतले आफूलाई डेढ महिनाअघि चलचित्र निर्माण टीमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए। ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन। पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो।’ राउतले कार्यक्रममा भने।

More News last news
Loading...