काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ।
बुधबार काठमाडौंका नेपाल टार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो । विगत केहि दिनदेखि संकलन गरेको नेबिसंघले सोमबार ४९,५७१÷ नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए। संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए।
राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट ,निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,लक्ष्मी सिलबाल,स्बैछा उप्रेती इस्बर अधिकारी,सुबास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
