सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १ लाख सहयोग हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनले मानव सेवा आश्रमलाई एक लाख सहयोग प्रदान गरेको छ।

मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाखको चेक सिटी एक्सप्रेसले हस्तान्तरण गरेको हो। साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन्।

Advertisement

समाजको सकारात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो। उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।

More News last news
Loading...