एजेन्सी । हिन्दू धर्मशास्त्रका अनुसार विरालोलाई देख्नु वा बाटो काट्नु अशुभ मानिने गरिन्छ।
यति मात्र हैन घरमा बिरालो पटक पटक आउनु पनि अशुभ मानिने गरिन्छ। तर भारतको कर्नाटकमा यस्तो ठाउँ छ जहाँ विरालोलाई शुभ मात्र मानिदैन्, यहाँको एक मन्दिरमा यसलाई देवी मानेर पुजा गर्ने गरिन्छ।
यो मन्दिर कर्नाटकको माड्या जिल्लाबाट ३० किलोमिटर टाढा बेक्कालेले गाउँको हो। यस गाउँको नाम कन्नडको बेक्कू शब्दबाट बनेको छ, जसको मतलब बिरालो भन्ने हुन्छ। गाउँलेका अनुसार यहाँ विरालोको पुजा करिब १००० वर्ष पहिलेदेखि हुँदै आएको छ।
विरालोलाई मान्ने गरिन्छ देवी मनगम्माको अवतार
यहाँ प्रचलित मान्यताका अनुसार देवी मनगम्माले विरालोको रुपमा गाउँमा प्रवेश गरेकी थिइन्। र उनले नकारात्मक शक्तिबाट गाउँको रक्षा गरिरहेकी थिइन्।
मन्दिरका पुजारीका अनुसार देवी मनगम्मा सय वर्ष पहिले हाम्रो पूर्वजको सामु एक विरालोको रुप प्रकट भएको थियो। तब देवी आफ्नो दैवीय शक्ति देखाएर गाएब भएकी थिइन्। त्यसपछि यहाँ देवीको पुजा विरालोका रुपमा गरिन थालिएको हो।
यो गाउँमा कसैले विरालोलाई नोक्सान पुर्याउँदा गाउँ निकाला हुने गर्दछ। विरालो मर्दा उसलाई पुरै विधि विधानसहित अन्तिम संस्कार गर्ने गरिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
