एजेन्सी । कुण्डलीमा शुक्र ग्रह अशुभ स्थितीमा छ भने व्यक्तिलाई पूर्ण सुख सुविधा प्राप्त हुँदैन्।
साथै वैवाहिक जीवनमा पनि समस्या आउने गर्दछ। शुक्रदोष हटाउनका लागि शुक्रबार विशेष ध्यान दिनु पर्ने हुन्छ।
शास्त्रका अनुसार धनकी देवी लक्ष्मीको कृपाका लागि पनि यी उपाय अप्नाउन सक्नुहुनेछ ।
अनि राख्नुहोस् यी उपायका बारेमा
१) हरेक शुक्रबार शिवलिंगमा दूध र जल चढाउनुहोस्। साथै ऊँ नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्। मन्त्र जपका लागि रुद्राक्षको मालाको प्रयोग गर्न सक्नुहुनेछ।
२) कुनै गरीब व्यक्तिलाई वा कुनै मन्दिरमा दूध दान गर्नुहोस्।
३) शुक्रबार कुनै विवाहिक स्त्रीलाई सुहागका सामान दान गर्नुहोस्। सुहागका सामान जस्तै जुरा, सिन्दुर, रातो साडी आदी। यी सामान दान गर्दा लक्ष्मी प्रसन्न हुने शास्त्रमा उल्लेख छ।
४) शुक्रको शुभ फल प्राप्त गर्नका लागि शुक्र मन्त्रको जप गर्नुहोस्। मन्त्र जपको संख्या १०८ हुनु पर्दछ। शुक्र मन्त्र : द्रां द्रीं द्रौं सः शुक्राय नमः ।
५) शुक्र ग्रहको शुभ फलका लागि हिरा, चाँदी, चामल, मिश्री, सेतो वस्त्र, दही, चन्दन आदी कुराको दान गर्नुहोस्। यी बस्तुको दान गर्दा शुक्र दोष कम हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
