यसरी प्राप्त गरेको धनले तपाईलाई विस्तारै दरिद्र बनाउछ : ज्योतिषशास्त्र

एजेन्सी । महाभारको निकै महत्वपूर्ण अंग हो विदूर नीति । यसमा महात्मा विदूरले कयौँ काम र नीतिका बारेमा बताएका छन्। ती कुरा आजको समयमा पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछन्।

यदी कुनै पनि मानिसले यी कुराका ध्यान राख्छ भने उनीहरुको जीवनमा सफलता र सुख प्राप्त हुने गर्दछ। विदूर नीति अनुसार आज हामी तपाईलाई कुन कामबाट कमाएको पैसाले तपाईलाई गरिब बनाउन सक्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

Advertisement

श्लोक
अतिक्लेशेन येर्थाः स्युर्धर्मस्यातिक्रमेण वा ।
अरेर्वा प्रणिपातेन मा स्म तेष मनः कृथाः।।

अर्थ, जुन धन निकै क्लेश, धर्म उल्लंघन गरेर वा सत्रुका अगाडि शिर झुकाएर मिल्ने गर्दछ, यस्ता धनको चाहना नराख्नुहोस्। यसरी प्राप्त गरेको धनले तपाईलाई विस्तारै दरिद्र बनाउने गर्दछ।

  • निकै झगडा गरेर वा कुनै वाद विवाद अथवा अरुलाई दुख पुर्याएर हामी पैसा कमाएर आफ्नो घरमा लैजान्छौँ भने यस्ता धनले घर परिवारमा पनि विवादको स्थिती सृजना गर्ने गर्दछ। त्यसैले यस्तो धनबाट टाढा रहनुहोस्।
  • धर्मको उल्लंघन अर्थात गलत काम गरेर कमाएको पैसाले जीवनम कसैको उन्नती गर्न दिदैन्। यस्तो पैसाले उनको सन्तान नष्ट गर्ने गर्दछ। त्यसैले गलत कार्यबाट पैसा कमाउनु हुँदैन्।
  • शत्रुका सामु शिर झुकाएर वा कुनै यस्ता व्यक्तिसँग काम गरेर जसले तपाईलाई नराम्रो भन्छ, यस्तो पैसाले तपाईलाई धनीको साटो उल्टै गरिब बनाउने गर्दछ।
More News last news
Loading...