कास्की । कास्कीको पोखरा बगरस्थित नयाँ गल्लीमा केटीको विषयमा भएको लफडाले आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो । फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की पछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरीले खुलाएको छ ।
दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहार पछि विपिनको समुहको एकजनाको औंला काटीएको र विजयको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
