अमेरिकासहित कतिपय पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्धका कारण नेपालमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका स्मार्टफोनबारे चासो बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।
अन्यत्र ह्वावेईलाई प्रतिबन्ध लगाइएको समाचार आउन थालेपछि राजधानी काठमाडौँस्थित मोबाइल पसलहरूमा ह्वावेईबारे जिज्ञासा लिएर आउने ग्राहकको सङ्ख्या वृद्धि भएको विक्रेताहरू बताउँछन्। ह्वावेईबारे चासो राख्ने ग्राहकको सङ्ख्या ह्वात्तै बढे पनि विक्रीमा चाहिँ खासै प्रभावन नपरेको उनीहरूको भनाइ छ।
ह्वावेईका उपकरण प्रयोग गरिरहेका दूरसञ्चार कम्पनीहरूले भने अमेरिका र अन्य देशहरूले चालेको उक्त कदमलाई ‘व्यापार युद्धको भाग’ भन्दै ह्वावेईसँगको सहकार्य जारी राख्ने जनाएका छन्।
ह्वावेईको नेपालस्थित आधिकारिक विक्रेता कल मोबिलिटी प्रालिका विक्री प्रमुख रोशन न्यौपानेका अनुसार अन्तर्राष्ट्रिय रूपमा ह्वावेईसम्बन्धी विवाद चुलिएपछि गएको एक महिना विक्री केही कम भएको जानकारी दिए।
तर हाल उक्त स्थितिमा सुधार भइसकेको उनको दाबी छ।
उनले भने, “मे १६ देखि जुन १६ को तथ्याङ्कले नेपालमा ह्वावेई फोनको विक्री करिब ३० प्रतिशतले घटेको देखिएको थियो। तर जुन १६ पछिको तथ्याङ्क हेर्दा फेरि पहिलेकै दाँजोमा विक्री भएको देखिन्छ।”
अर्ब अमेरिकी डलरमा आय
न्यौपानेले ह्वावेईसँगको सहकार्यमा उक्त कम्पनीले विक्री गरिएका कुनै पनि फोनमा फेसबुक, इन्टाग्राम, ह्वाट्सएप, गुगल आदि एप नचलेमा ग्राहकसँग लिइएको सबै रकम फिर्ता गर्ने निर्णय गरेपछि विक्री बढेको बताए।
उनले भने, “हामीलेजस्तै योजना फिलिपिन्स र बाङ्ग्लादेशमा पनि ल्याइएको छ। त्यसले ग्राहकमा विश्वास बढेको छ।” बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
