काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले अभिनेत्री करिष्मा मानन्धरको पार्टी त्यागबारे मिडियामा मुख खोलेका छन्। बुधबार पत्नी हिसिलासँगै जात्राको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ हेर्न सिनेमा हलमा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले मुख खोलेका हुन्।
यसअघि जात्रा हेर्न अभिनेत्री करिष्मासँगै हलमा पुगेका डाक्टर भट्टराई यो पटक जात्रै जात्रा हेर्न जाँदा भने करिष्मा सँगै देखिईनन्। डा भट्टराईले सञ्चरकर्मीसँग करिष्माले पार्टी परित्याग गरेको भन्ने कुरा स्वीकार गरेनन्।
उनले करिष्माका केही रिजरभेसन रहेको र पछिल्लो समय व्यस्तताको कारणले मात्रै पार्टीका गतिविधिमा समय दिन नपाएको भनेर बचाउ गर्नपुगे। उनले पढाईमा लागेकाले आफूहरुले छुट्टी दिएको बताए। डा भट्टराईले मुख्य रुपमा करिष्मा कलाकार नै भएको दाबी गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
