घट्यो सुनको भाउ !

काठमाडौँ । लगातार आकाशिएको सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुन बुधबार तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो।

Advertisement

त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ।

More News last news
Loading...