लाइभ अन्तरवार्तामै बरिष्ठ नेताले कुटे पत्रकार (भिडियोसहित)

पाकिस्तान । अन्तरवार्तामा वादविवाद भएपछि बरिष्ठ नेताले कार्यक्रम सञ्चार गरिरहेका पत्रकारमाथि कुटपिट गरेका छन्। यो घटना पाकिस्तानको हो।

जहाँका एक शीर्ष नेताले लाइभ टिभी टक शोमै पत्रकारमाथि कुटपिट गरेका छन्। अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टीका शीर्ष नेता मसुर अलि सिएलले त्यहाँका पत्रकार इम्तियाज खान फरानमाथि कुटपिट गरेका हुन्।

Advertisement

कुटपिटको उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। भिडियो बाहिर आए लगत्तै कराँची प्रेस क्लबका अध्यक्ष समेत रहेका पत्रकार फरानमाथि भएको कुटपिटको व्यापक विरोध पनि भइरहेको छ।

भिडियोमा पत्रकार फरान र नेता सिएलबीच सुरुमा भनाभन हुँदै गर्दा नेताजीले एक्कासी आक्रमण गरेको दृश्य देखिन्छ। मुक्का हानाहशानलको उक्त भिडियोमा सुरुमा नेता सिएलले पत्रकार फरानलाई हातले ढकेलिदिएको र पछि मुक्का समेत हानिएको भिडियोमा प्रस्टै देख्न सकिन्छ। उक्त घट्ना के कारण भयो भन्ने विषय भने अहिलेसम्म बाहिर आएको छैन।

हेर्नुहोस् उक्त भिडियो

More News last news
Loading...