लन्डनमा पत्रकार संजय कँडेल र निरु कोइरालाको रोमान्स (भिडियो)

लन्डन । बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन्। सर्बेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा संजयसँगै निरु कोइरालाले आकर्षक अभिनय गरेका छन्।

लन्डन आसपासका क्षेत्रमा छांयाकन गरिएको गीतको भिडियोमा प्रेमिल भाव ब्यक्त गरेको पाइन्छ। सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्बेन्द्र अधिकारीले दिएका छन्। पूर्व प्राध्यापक समेत रहेका सर्वेद्रको यो दोस्रो गीत हो भने स्वर पहिलो पटक दिएका हुन।

Advertisement

उनका अन्य थुप्रै गीतहरु तयारी अवस्थामा छन्। नेपाल पत्रकार महासंघ बेलायतका महासचिब तथा अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिब रहेका कँडेलले गीतले माया–प्रेमको भाव अभिब्यक्त गर्न रोमान्स मुडमा प्रस्तुत हुने किसिमको सन्देश बोकेको बताए।

संजय दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियनका युरोप संयोजक पनि हुन। प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी टीममा भने प्रभु र सुस्मिता थापाले साथ दिएका छन्। गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन् श्रृंगारमा एलिसा बानियाँले सहयोग गरेकी छन्।

बुढासुब्बा डिजिटल प्रालीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नविन निरौलाले सम्पादन गरेका छन् भने मुख्य छायांकनमा गुणदेव घिमिरेले साथ दिएका छन्। भिडियोको छांयाकनमा आशिष श्रेष्ठ र सुमन श्रेष्ठले सहायकको भूमिका निर्वाह गरेका छन्।

More News last news
Loading...