काठमाडौँ । हाल चर्चामा रहेको गीत ‘गलबन्दी’ विवादमा आएपछि सामाजिक सञ्जालमा अनेक किसिमका तर्कहरु आउन थालेको छ । गायक तथा सर्जक प्रकाश सपूतलाई चोरीको आरोप मात्र लागेन जातीयताको नजरले पनि गिराउन पछि परेनन् केही व्यक्तिहरू बाट तर पनि सपूत मौन छन् ।
जातीय विभेद समेत भोगेका प्रकाशले आफु पछिल्लो समय तनाबमा रहेको खुलाएका छन।उनि भन्छन’फोन अतिनै आउने भएर अफ समेत गर्न परेको छ’।प्रकाशलाइ यो बेला बिभिन्न बिषयमा बिबादमा ल्याउन खोजिएको देखिन्छ।
बरिष्ठ गायक शम्भु राईको देउसी भैलो गीत सँग गलबन्दीको भाका मिलेको भन्दै गायक राईले आपत्ति जनाएपछि विवाद चर्किएको हो । यसै सन्दर्भमा सपूतले शम्भु राईको नाममा चिठी पनि लेखी सकेका छन् ।
गलबन्दी विवाद सँगै जातीय दुर्गन्ध मिसिएपछि उनले सबैको मन छुने सब्दहरु लेखेका छन् । गित संगीतको बारेमा उनले आफ्ना कुराहरु राख्नुका साथै कपीराइटको बारेमा पनि उनले आफ्नो तर्क राखेका छन् । जातीय विभेद समेत भोग्नु परेकाले सपुतले सबैको मन छुने भनाइ राखेका छन् ।
भिडियोमा हेर्नुहोला :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
