नेपालभर विदेशी च्यानल बन्द

काठमाडौं । देशैभर सञ्चालित विदेशी च्यानल बन्द गरेका छन्। प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै आज दिउँसो ३ बजे देखि भोलि ३ बजेसम्मका लागि सबै विदेशी च्यानल बन्द गरेका हुन्।

प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्दा हुन आउने परिस्थितिको बारेमा ग्राहकलाई जानकारी गराउन विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको इन्टरनेट तथा टिभी समन्वय समिति र नेपाल केवल महासंघले जनाएका छन्।

Advertisement

यसअघि नै केवल टिभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए।

हाल नेपालमा प्रसारित च्यानलहरुमध्ये करिब ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

More News last news
Loading...