काठमाडौँ । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ। सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको हो ।
सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्व ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ।नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक फरक छ।
काठमाडौँ उपत्यककामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन्।हाल उनीहरुले एक सय ५७ रुपैयाँ पाउँदै आएका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
