दयाहाङलाई छोराको आग्रह ‘पापा आज हाम्रै घरमा बसुम् न’ (भिडियो)

काठमाडौँ । नेपाली चलचित्र जगतका चर्चित नायक दयाहाङ राईका दिन प्रतिदिन सफल र नयाँ चलचित्र प्रर्दशनमा आईरहेका छन् ।

नाट्य क्षेत्रका फिल्ममा आएका राई पछिल्लो समय अब्बल अभिनयकर्ताको रुपमा नेपाली फिल्ममा देखा परेका छन्। पछिल्लो समय फिल्ममा व्यस्तता बढेका कारण परिवारलाई समय दिन नसकेको नायक राईले बताएका छन् ।

Advertisement

उनले एक अनुभव साट्दै गर्दा भने, मलाई एउटा घटना साह्रै याद छ । कुरो करिब ३ वर्ष अगाडीको हो । हुन त त्यति खेर त म बहुत हाँसे । तर, मलाई एकदमै मन दुखेको थियो । अहिलेसम्म पनि मन रूहाउँछ त्यो घटनाले । म परिवारसँग नै थिएँ । पापा घर आए नि एकछिन बस्छ अनि फेरी आफ्नो काममा निस्की हाल्छ भन्ने लाग्यो होला मेरो छोरालाई । अनि मेरो छोराले मलाई भन्यो, ‘पापा आज हाम्रै घरमा बसुम् न ।‘ त्यो चाहिँँ बडा पीडादायक भयो । मैले महसुस गरेँ कि आफ्नै घरमा म पाहुना जस्तो रहेछु ।

पूरा भिडियोमा हेर्नुहोस् :

More News last news
Loading...