…जब उत्तर कोरियाली नेता किम जोङ उनलाई ट्रम्पले पठाए यस्तो चिठी

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

किमले त्यो पत्रलाई गजबको भन्दै प्रशंसा गरेको र त्यसमा रहेको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएले जनाएको छ। उनले ट्रम्पको असाधारण साहसको पनि प्रशंसा गरेका छन्।

Advertisement

जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई एउटा सुन्दर चिठी पठाएको ट्रम्पले बताएका थिए। अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।

अवरुद्ध वार्ता
गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको हो। तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः सुरु हुन सक्ने आशा बढेको छ।

सोलस्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन् ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि अहिले केही प्रगति भएको देखिएको छ। उनी भन्छिन् अहिलेको समय पनि महत्त्वपूर्ण छ किन भने अर्को साता ट्रम्प दक्षिण कोरियाली नेता मुन जे(इनलाई भेट्न सोल भ्रमणमा जाँदै छन्। बीबीसीको सहयोगमा

More News last news
Loading...