नक्कली एटीएम कार्ड बनाएर लाखौं चोरी

काठमाडौँ । नक्कली एटीएम कार्डको प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डे रहेका छन्।

ब्युरोका एसपी दिपक रेग्मीका अनुसार पाण्डेले अन्य ३ जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए। तर, अहिले विदेशी नागरिकले नेपाल छाडिसकेका छन्।

Advertisement

पाण्डेको साथबाट विभिन्न बैंकको भिषा कार्ड, नक्कली कार्डहरु, मोबाइल र एप्पल कम्पनीको दुई वटा ल्यापटप बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई पक्राउ गरेर विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

More News last news
Loading...