काठमाडौं । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ। सुनको भाउ एक्कासी महंगो भएपछि पनि कारोबार ठप्प भएको सुन व्यवसायीहरुले बताएका छ। हिजो एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि एक हजार रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
