विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना बजारमा आएको छ। बिहीबार युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको हो।
रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन्। रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन्।
डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु। भिडियोमा निकै मिहेनत गरेका छौ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
