काठमाडौं । समता अस्पतालमा कार्यरत् एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन्।
काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो।
अस्पतालमा ‘स्वीपर’कोरुपमा कार्यरत् २७ वर्षीया मृतक विमलाका आफन्त र स्थानीयवासीले अस्पताल हाताभित्र तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो।
अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
