भारतको चर्चित रियालिटी शो ‘सारेगमप’ मा नेपालका प्रितम र आयुषको धुम, भए तेस्रो र चौंथो

काठमाडौं । भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्य र आयुष केसीेले उत्कृष्ट प्रस्तुती दिएका छन्। उक्त शो मा ईटहरिका प्रितम र सिन्धुपाल्चोकका आयुष क्रमशः तेस्रो र चौंथो भएका हुन्।

उत्कृष्ट ९ बाट फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका ६ मध्ये दुई प्रितम र आयुष तेस्रो र चौंथो भएका हुन्। स्कुले बालबालिका गायन स्पर्धामा सहभागी हुने रियालिटी शोकोे यो सातौँ संस्करण हो।

Advertisement

को हुन् प्रितम र आयुष ?

प्रितम आचार्य २०६५ साल जेठ १० गते जन्मेका हुन्। प्रितमले चार बर्षको हुँदादेखि नै गीत गाउन थालेको आमा राधिका आचार्यले बताइन्। उनी इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा पढ्छन्। रुची नै सङ्गीतमा भएकाले सङ्गीतको अतिरिक्त कक्षाहरुको व्यवस्था गरिदिएको राधिकाले बताइन्।

२०७३ सालमा नेपालमै भएको सुरशाला जुनियर आइडलमा प्रितम दोस्रो भएका थिए। उनको पढाइ तथा सङ्गीतको थप अध्ययन गर्न जहाँ भए पनि जाने अवस्थामा परिवार पुगेको प्रितमकी आमा राधिकाको भनाइ छ।

आयुष केसी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पा र प्रितम आचार्य सुनसरीको सुनसरीको इटहरी उपमहानगरपालिका ५ निवासी हुन् । आयुषको परिवार भने हाल भक्तपुरमा बस्दै आएको छ ।

आयुष २०६३ साल साउन ८ गते जन्मेका हुन्। उनका बाबु रामकृष्ण केसीका अनुसार उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिकेका थिए । उनी भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कूलमा कक्षा ७ मा पढ्दैछन्।

२०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा उनी विजेता बनेका थिए। आयुषका दिदीहरु पनि सङ्गीतमा दख्खल राख्छन् । दिदीहरुका कारण पनि उनलाई सङ्गीतमा लाग्न प्रेरणा छ । अहिले उनी विद्यालयमा पनि सङ्गीत सिक्छन् भने छुट्टै सङ्गीतको शिक्षकको पनि व्यवस्था गरिएको छ।

More News last news
Loading...