काठमाडौँ । सनराइज बैंकको सञ्चालक समितिको बुधबारे बसेको ३१७ औं बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निरजकुमार श्रेष्ठलाई असार २ देखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने श्रेष्ठ तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा इस्वी सम्वत् १९८९ बाट सेवा प्रारम्भ गर्नु भई करिब १३ वर्षको कार्यानुभव लिएका, एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा करिब ३ वर्ष जिम्मेवारी सम्हालेका, तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एसिया बैंक) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव छ।
ग्लोबल आईएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा र सोपश्चात् माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेको कार्यानुभव छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
