सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघमा रबिन्द्र खड्काको प्यानलै विजयी

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघमा सरिता लामिछानेलाई पराजित गर्दै रबिन्द्र खड्काको प्यानल नै विजयी भएको छ।

संघले १७ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो। संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै खड्का विजयी भएका हुन्।

Advertisement

खड्काको पक्षमा २१८ मत खसेको थियो भने लामिछानेको पक्षमा १६१ मत झरेको थियो। दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत ल्याएका छन् । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा १८७ मतले निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याएका छन् ।

सचिव पदमा पनाह अधिकारी १९४ विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत परेको छ। यस्तै सह–कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य निर्वाचित भएकी छन्। कोषाध्यक्षमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन्।

पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् । त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्।

More News last news
Loading...