बाबुको भूमिकामा ऋषि धमला, सुटुक्क बजारमा आयो नयाँ गीत (भिडियो सहित)

काठमाडौँ । अन्तरवार्ता लिने स्टाइलका कारण सधै चर्चामा आउने पत्रकार हुन्, ऋषी धमला । नेताहरुका अन्तरवार्ता लिने क्रममा सबैभन्दा धेरै क्यामेरामा देखिने अनुहार पनि हुन् धमला । उनै चर्चित पत्रकारले हालै मोडलिङमा पनि अभिनय गरेका छन्।

ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमलाले पिताको भूमिकामा काम गरेका छन् ।

Advertisement

नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् । यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।

गीतले विदेशमा काम गर्न जाने र अकालमा ज्यान गुमाउने नेपालीहरुको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् । यसअघि पनि धमलाले केहि म्युजिक भिडियोमा काम गरेका छन् । आफ्नै श्रीमतीलाई अभिनेत्री बनाएर चलचित्र अनुराग समेत निर्माण गरेका थिए ।

More News last news
Loading...