काठमाडौँ । चर्चित फुटबल खेलाडी नेमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन्।
गत शुक्रवार नेमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन्। नेमारले उक्त आरोपको खण्डन गरेका छन् र आफू निर्दोष भएको प्रमाण दिन ह्वाट्सएपमा दुई जनाबीच फोनमा भएको कुराकानी सार्वजनिक गरेका छन्।
नेमारले बुधवार भएको एउटा अन्तर्राष्ट्रिय खेलमा आफ्नो टोलीका थोरै समय खेले। उनले उक्त खेल आफ्नो जीवनको सबैभन्दा कठिन खेल भएको बताएका छन्। कतारविरुद्ध भएको खेलको २० मिनेटमै नेमार घाइते भए। उनले अब निकट भविष्यमा हुन लागेको कोपा अमेरिका प्रतियोगिता खेल्न पाउनेछैनन्।
महिलाले अन्तर्वार्तामा के भनिन् ?
त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको र उनीसँग सम्भोग गर्ने इच्छा भएको स्वीकारेकी छन्। आफूलाई विमानबाट प्यारिस पुर्याइएको र त्यहाँ नेमारकै खर्चमा एउटा होटलमा राखिएको पनि उनले दाबी गरिन्।
त्रिन्दाजीले आफू एउटा सामान्य मोडल र इन्टिरियर डिजाइन विषयकी विद्यार्थी र एउटी छोरी र आमा भएको बताएकी छन्। अन्तर्वार्ताका क्रममा उक्त घटना कुटपिट वा बलात्कार के थियो भनी सोधिएको प्रश्नको उत्तर दिँदै त्रिन्दाजीले भनिन्, त्यो कुटपिट र बलात्कार दुवै थियो।
भेटमा नेमारलाई निकै आक्रमक पाएको र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको उनले बताइन्। पहिला आपसी सहमतिमा सम्भोग गर्न तयार रहेको तर त्यसका लागि आफूले कन्डम प्रयोग गर्न आग्रह गरेको त्रिन्दाजीले बताइन्।
Exclusivo! Modelo que acusa Neymar de estupro fala com Roberto Cabrini. Hoje, às 19h45, no #SBTBrasil pic.twitter.com/ZDqoFJlOIe
— SBT Jornalismo (@sbtjornalismo) June 5, 2019
तर नेमारले त्यसो गर्न अस्वीकार गरेको, फेरि आक्रमक भएको र आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन्। नेमारलाई उक्त कार्य रोक्न आफूले भनेको तर उनले अस्वीकार गरेको पनि त्रिन्जादीले बताइन्। एसबीटीले उक्त अन्तर्वार्ताको अंश ट्विटरमा प्रकाशित गरेको छ।
भिडिओमा के छ ?
त्रिन्दाजीले खिचेको भनिएको उक्त भिडिओमा एउटा होटलको कोठामा त्रिन्दाजी र नेमारबीच घम्साघम्सी भएकोजस्तो देखिन्छ। भिडिओमा दुवै जना खाटमा पल्टिरहेका छन्। त्यसपछि महिला उठ्छिन् र पुरुषलाई थप्पड हान्छिन्। ती पुरुषले खुट्टाले छेकेर आफूलाई जोगाउँछन्।
महिलाले भन्छिन्, म तिमीलाई कुट्न गइरहेकी छु। किन भनेर तिमीलाई थाहा छ। किनभने तिमीले मलाई हिजो पिटेका थियौ। यो संवादले यी दुईबीच पहिला पनि भेट भएको सङ्केत गर्छ। नेमारले त्रिन्दाजीलाई दुई पटक भेटेको बताएका छन्।
पहिलो पटक भेटेपछि आफूसँग कस्तो व्यवहार भयो भन्ने बल्ल बुझ्न थालेको भन्दै त्रिन्दाजीले सो घटनालाई प्रमाणित गर्न र न्यायका लागि दोस्रो पटक पनि भेटेको एसबीटीलाई अन्तर्वार्तामा बताइन्।
उक्त भिडिओ टीभी रेकर्ड नाम गरेको टेलिभिजिन च्यालनमा देखाइएको थियो।
नेमारले के भने ?
नेमारले उक्त टीभी अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएका छैनन्। होटलको कोठाभित्र खिचिएको उक्त भिडिओ बनावटी भएको र त्यसले नै आफ्नो छोरालाई निर्दोष प्रमाणित गरेको दाबी नेमारका बुवा नेमार डस सान्तोसाले टीभी रेकर्डसँग गरेका छन्।
यसअघि नेमारको व्यवस्थापनले एउटा वक्तव्य प्रकाशित गर्दै उक्त आरोप ून्यायपूर्ण नभएकोू जनाएको थियो। नेमारले इन्स्टाग्राममा प्रेषित एउटा भिडिओमा पनि यही विवरण दोहोर्याएका छन्।
पोर्चुगिज भाषामा बोल्दै उनले भनेका छन्, त्यो दिन सम्बन्धमा रहेका जोडीबीच चारल पर्खालभित्र हुने कुरा नै भएको थियो। र त्यसपछिको दिन खासै केही भएन। हामीले एकअर्कालाई एसएमएस पठायौँ। उनले आफ्नो बच्चालाई सम्झनास्वरूप दिने उपहार पनि मागिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
