एजेन्सी। संयुक्त अरब इमिरेट्सको दुबईमा गएराती बस दुर्घटना हुँदा १२ जना भारतीय सहित १७ जनाको मृत्यु भएको छ। ५ जना गम्भीर घाइते छन्।
बसमा विभिन्न देशका ३१ जना यात्रु सवार थिए। यी सबै यात्रुहरु ओमानबाट इदका लागि विदा मनाएर फर्किने क्रममा शेख मोहम्मद बिन जायेद रोडमा दुर्घटना भएको बीबीसीले जनाएको छ। बस मेट्रो स्टेशन नजिकै गाइडिङ बोर्डमा ठोक्किएको बताइएको छ। घाइतेहरलाई राशिद अस्पताल भर्ना गरिएको छ।
स्थानीय प्रहरीका अनुसार गाडी एक गाइडिङ बोर्डमा ठोक्किएर दुर्घटना भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
