चीनको सीमा नजिकैबाट १३ जना सहितको भारतीय वायु सेनाको विमान वेपत्ता

काठमाडौँ । भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ।

पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय वायू सेनाको एएन–३२ विमान चीनको सीमाना नजिक बेपता भएको हो ।

Advertisement

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो। टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ। मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।

More News last news
Loading...