पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँ पालिका वडा– ५ उराममा एक आठ बर्षिया बालिका बलात्कृत भएकी छन ।
स्थानिय बिद्यालय निर्माण कार्य गर्दै मज्दुरबाट बिहीबार साँझ बालिका बलात्कृत भएकी हुन । बालिका बलात्कार गरेको आरोपमा पैँयू गाउँपालीका वडा ६ सरौखोला घर भइ बिहादि गाउँ पालिका वडा ५ उरामको खोरोपोखरा मा रहेको चन्द माध्यमिक विद्यालयको भवन निर्माण कार्य गर्दै आएका १९ बर्षिय सुरज परियारलाई प्रहरीले पक्रेको छ ।
बारीमा करणी गरिरहेको अबस्थामा देखेपछि भाग्दै गरेका अभियुक्त परियारलाई स्थानियले पक्राउ गरेका थिए । अभियुक्तलाई इलाका प्रहरी कार्यलय हुवासको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय हुवासले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
