काठमाडौं । सप्तरी, रौतहट, सल्यान, नवलपरासी (पश्चिम), दाङ र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
सप्तरी सुरुङ्गा नगरपालिक-५ स्थित सडकमा को। १ ख २१२० नम्बरको ट्रकले शुक्रबार दिउँसो ना१ ज ५५५६ नम्बरको म्याजिक गाडीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका म्याजिकमा सवार सोही स्थान बस्ने ६५ वर्षीया हदिसा खातुनको सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका म्याजिकमा सवार लहान नगरपालिका-२४ बस्ने तिलाई पासमानको ८ वर्षीया छोरी लक्ष्मी पासमानको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट, कटहरिया नगरपालिका-६ भसेडवास्थित सडकमा शुक्रबार दिउँसो ना ६ त ३५६७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकल चालक सोही स्थान बस्ने ११ वर्षीय सन्तोष ठाकुर र साइकलमा सवार रौतहट गुजरा नगरपालिका-६ बस्ने रामबिलास ठाकुरको ८ वर्षीय छोरा छोटेलाल ठाकुरको मृत्यु भएको छ। छोटेलाल ठाकुरको घटनास्थलमै र गम्भीर घाइते भएका साइकल चालक सन्तोष ठाकुरलाई उपचाको लागि वीरगंजतर्फ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
सल्यान, कालिमाटी गाउँपालिका-५ बर्खेपाखास्थित सडकमा रा १ त ३४९६ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरका सहचालक सोही स्थान बस्ने १८ वर्षीय टाकुराम खड्काको प्राथमिक स्वास्थ्य चौकी मेलकुना सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१५ नदुवास्थित सडकमा लु ९ प ६८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रुपन्देही रोहिणी गाउँपालिका-४ बस्ने २४ वर्षीय प्रमेश यादवको पृथ्बी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ।
दाङ, घोराही उपमहानगरपालिका-१ हर्नक भन्ने स्थानमा शुक्रबार राति रा१ ख ११३९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा चालक घोराही उपमहानगरपालिका-३ भैसपुर बस्ने ४० वर्षीय देवबहादुर महराको घटनास्थलमै मृत्यु भएको छ।
धनुषा, सबैला नगरपालिका-मखनाहस्थित सडकमा ज२ त१००२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
