शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

काठमाडौँ । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सेयर बिक्री गरेपछि डाकेको साधारणसभाले सेयर वितरण गरेको दुई महिनामै १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीले ६९ करोड ४७ लाख रुपैयाँ नगद बाँड्न लागेको जनाउँदै सञ्चालक पनि चयन गरेको छ।

Advertisement

तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणको तर्फबाट अलका गोयल निर्विरोध सञ्चालक चयन भएकी छिन्।

कम्पनीका अनुसार सभामा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

More News last news
Loading...