आज एकै दिन १५ सय रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ।

आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार छापावाल सुनको मूल्य ५९ हजा र ५ सय रुपैयाँ रहेको थियो ।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...