धम्पुसमा ढुङ्गाले थिचेर भेनाले गरे सालाको हत्या [भिडियो]

पोखरा । माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुसमा एक जनाको हत्या भएको छ। धम्पुुस ओखरबोटका अन्दाजी ६० ६५ वर्षका सन्ते विकले ५२ वर्षका मानकाजी विकको हत्या गरेका हुन्।

विहान १० बजे नातिनीलाई विद्यालय पुर्याएर फर्कने क्रममा बाटो कुरेर ढुँगाले थिचेर हत्या गरेका हुन्। हत्यारा सन्ते विक मृतकका भेना हुन्।

Advertisement

उनीहरुबीच पहिला पनि समान्य झगडा हुने गरेको स्थानीयको भनाई छ। विहानभरी नै उनले मार्छु भन्दै हिडेको प्रत्यक्षदर्शीले बताए।

हत्याराले मृतकका भाईका छोरा र अन्य महिलालाई पनि ढुँगाले प्रहार गरेका भए पनि भागेर ज्यान बचाएको उनीहरुले जानकारी दिएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने हत्यारा प्रहरी नियन्त्रणमा छन्।

More News last news
Loading...