यसरी सजिलै हटाउनुहोस् शरीरका अनावश्यक रौँ (विधिसहित)

शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन्। रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन्। रौं हटाउन बजारबाट ल्याईने केमिकमयुत्त क्रिमले छालालाई समेत असर गर्न सक्छ त्यसैले रौँ हटाउन घरेलु उपाय अपनाउ सके छालामा यसले नकारात्मक असर पादैन । रौं हटाउन निम्न घरेलु उपायले समस्याको समाधान गर्न सक्छन्।

चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दारौं कम हुदै जान्छ।

Advertisement

मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ।

बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउदै जान्छ।

बजारमा ‘प्युमिक स्टोन नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ।

More News last news
Loading...