काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु भएको छ। सम्झौता पश्चात् सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्।
यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ। गत जेष्ठ ०६ गते एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालका एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
