डाबर नेपालको चटपटा र स्पाइसी मसला स्वादको फ्रुट जुस

काठमाडौं । डाबर नेपालले रियल मिक्स्ड फ्रुट जुसमा चटपटा र स्पाइसी मसला स्वादको फ्रुट जुस बजारमा ल्याएको छ।

रियल मसला शृखंलाअन्तर्गत मिक्स्ड मसला पहिलो त्यस्तो विकल्प हो, जसले उपभोक्तालाई थप खुशीको अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ।

Advertisement

रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाका साथ घोलेर तयार पारिएको हो। रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ। यसको बजार मूल्य १ लिटरको २ सय र २०० मिलिको २५ कायम गरिएको छ।

More News last news
Loading...