विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौँ । आज मंगलबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा छ।

Advertisement

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा भने बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३० पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...