मदन भण्डारीकी छोरी उषाले गरिन् दासढुङगा हत्याकाण्डको पर्दाफास (भिडियो)

काठमाडौं । स्वर्गीय जननेता मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो बुवाको हत्याकाण्डबारे नयाँ खुलासा गरेकी छिन्।

स्वर्गीय भण्डारीको २६ औं स्मृति दिवसका अवसरमा प्राईम टाईम्स टेलिभिजनका लागि जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गर्दै उनले उक्त हत्याकाण्डको छानबिन अघि बढिरहेको जनाएकी छिन्।

Advertisement

उनले आफ्नो बुवाको रहस्यमयी तवरले हत्या नै भएको आफूहरुको बुझाई रहेको बताइन्। उनले हत्याकाण्डबारे २०५० सालदेखि नै अर्थात सुरुवातदेखि नै अनुशन्धानका कुराहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताईन्। आफ्नो बुवाको हत्यारा पत्ता लगाउने कोशिस जारी रहेको उनको विश्वास छ। उनले भनिन्,”कतिपय कुरा बाहिर आउँछन्। कतिपय कुरा भित्रै रहन्छ।”

उनले बुवाको हत्याबारे त्यतिवेला नै कतिपय प्रमाणहरु मेटाउने काम भएको आशंका समेत गरिन् । फरक प्रसँगमा उनले आफ्नी आमा अर्थात राष्टपति विद्यादेवी भण्डारीले संस्थाप्रति सम्मान गर्दै आफ्नो शतप्रतिशत योगदान दिएर न्याय नै गरेको पनि विश्वास व्यक्त गरिन्।

थप जानकारीका लागि हेर्नुहोस् भिडियो

More News last news
Loading...