घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल, मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो।

भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजना गरेको नेपाल आयल निगमले जनाएको छ।

Advertisement

समायोजन मूल्य पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहनेछ। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

More News last news
Loading...