यसरी घरमै बनाउनुहोस् मिठो गाजरको हलुवा (विधिसहित)

नेपाली भान्सामा प्रायः सुजीकै हलुवा पाक्ने गरेको छ । गाजरको हलुवा भने कमै पाक्छ । गाजरको हलुवा स्वस्थ र स्वादिलो परिकारमा पर्छ। यसलाई पहिले भारतीय परिकारको रूपमा लिइन्थ्यो । तर, नेपालमा पनि यो परिकार अहिले निकै रुचाइएको पाइन्छ। नेपालका प्रायः पार्टी हल, होटेल र रेस्टुरेन्टमा गाजरको हलुवा पाइन्छ । तर, इच्छा भए घरकै भान्सामा पनि यो परिकार तयार गर्न गाह्रो हुँदैन।

सामग्री (प्रतिव्यक्ति)
गाजर मसिनो गरेर कोरेको ४०० ग्राम, दूध १ कप, घ्यु ४ चिया चम्चा, चिनी ४ चिया चम्चा, अलैँची÷सुकुमेल ३–४ पिस, काजु/किसमिस ५–६ पिस।

Advertisement

बनाउने विधि
सबैभन्दा पहिले ग्यासचुल्होमा तावा बसाल्नुहोस् । तावा तातेपछि घ्यु राख्नुहोस् र राम्रोसँग खराउनुहोस् । खराएको घ्युमा अलैँची या सुकुमेल राख्नुहोस्। अलैँची/सुकुमेल राखेको ४–५ सेकेन्डभित्र कोरेको गाजर राखिदिनुहोस् र राम्रोसँग चलाउनुहोस्।

केही समय चलाएपछि चिनी राख्नुहोस् र फेरि चलाउनुहोस्। चलाउँदै गर्दा दूध राख्नुहोस्। दूध राखेर चलाउँदै गर्दा १०–१५ मिनेटमा सुक्न थाल्छ।

दूध सुकेसँगै गाजर पनि सुक्खा हुन थाल्छ। यसपछि काजु/किसमिस राखेर राम्रोसँग चलाउनुहोस्, ताकि हलुवामा सबैतिर लाग्न पाओस् । अब गाजरको हलुवा तयार भयो।

More News last news
Loading...