यसरी घरमै बनाउनुहोस् स्वादिलो चिकेन चिल्ली (विधिसहित)

काठमाडौं । मानिसहरु रेष्टुरेन्ट तथा होटेलहरुमा गएर आफूलाई मन पर्ने परिकार खाने गर्छन् । तर, केहीलाई भने आफ्नै घरमा परिवारका साथ मन परेको परिकार आफैँले बनाएर खान मन पराउँछन्।

यसैक्रममा यहाँ चिकेन चिल्ली कसरी बनाउने भन्नेबारेमा जानकारी दिने प्रयास गरिएको छ । चिकेन चिल्ली मांसहारी नेपाली धेरै मन पराउने परिकार मध्ये एक हो। चिकिन चिल्ली सजिलै घरमै आफ्नो स्वादअनुसार बनाएर खान सकिन्छ। यसका लागि चाहिने आवश्यक सामाग्री जुटाउन गाह्रो पनि छैन।

Advertisement

के–के चाहिन्छ र कसरी बनाउने ?

हड्डीरहित चिकेन स्लाइस गरेको २०० ग्राम, पिँधेको अदुवा लसुन एक चम्चा, अन्डा एउटा, ह्वाइट पेपर आधा चम्चा, कागती एक टुक्रा, प्याज एउटा, क्याप्सिकम एउटा, गोलभेँडा एउटा, हरियो खुर्सानी दुईवटा, मैदा १०० ग्राम, कर्नफ्लर २ चम्चा, रेड कलर दुई थोपा, तेल आधा लिटर, लसुन चप गरेको दुई केस्रा, हटसस एक चम्चा, टोमाटो सस एक चम्चा, टेस्टिङ पाउडर र नुन स्वादअनुसार। साथै मासुको परिमाणअनुसार अन्य सामाग्रीको पनि परिमाण बढाएर धेरै बनाउन सकिन्छ।

यी सबै सामाग्री जुटाइसकेपछि केही सामानलाई मुछेर लेदो बनाउनु पछ । चिकेन चिल्लीका लागि सबैभन्दा पहिले चाहिने लेदो बनाउन एउटा भाँडोमा मैदा, कर्नफ्लर, कगतीको रस, अन्डा, नुन, टेस्टिङ पाउडर, रेड कलर, लसुन र अदुवाको पेस्ट सबै राखेर राम्रोसँग घोल्ने।

यसरी तयार भएको लेदोमा हड्डीरिहत चिकेन स्लाइस राख्ने र राम्रोसँग चलाउने । मासुमा लेदो राम्रोसँग लागेपछि यसलाई एकछिन रहन दिने।

त्यसपछि चुलोमा एउटा प्यान बसाल्ने । लेदोसहितको मासु भुटिनेगरी तेल राख्ने । तेल तातेपछि सानो आगोमा फ्राई गर्ने। ब्राउन कलर नहुन्जेल फ्राइ गर्ने । ब्राउन कलर देखिएपछि निकालेर राख्ने।

यही बेला अर्को प्यान बसाल्ने । थोरै तेल राख्ने । तातेको तेलमा लसुन चप फ्राई गर्ने, ब्राउन कलर निकाल्ने । अब क्याप्सिकम, हरियो खुर्सानी, गोलभेँडा र प्याज पनि राखेर एक मिनेटजति भुट्ने । यसमा फ्राई गरिसकेको चिकेन पनि राख्ने।

हल्का चलाइराख्ने । हटसस र टोमाटो सस एक-एक चम्चा राखेर एकछिन भुट्ने । स्वादअनुसार नुन र टेस्टिङ पाउडर राख्ने, ह्वाइट पेपर पनि राख्ने र ३० सेकेन्डजति चलाउने । अब चिकेन चिल्ली तयार भयो । हल्का माथिबाट हरियो धनियाँको चप राखेर स्वादिलो चिकेन चिल्ली लिन सकिन्छ।

More News last news
Loading...