को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए। दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन्।

Advertisement

शनिबारको एपिसोडमा राजीवले २५ लाख मात्र जितेका थिए। आज बाँकी २ प्रश्नको सही जवाफ दिदै उनले एक करोड हात पार्न सफल भएका हुन्।

हेर्नुहोस् भिडियो

More News last news
Loading...