सामाजिक सञ्जालमा करोडपति बनेका यी व्यक्ति, अहिले सम्मकै रोचक लाइभ भिडियो

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाउँदैछ। शोले करोडपतिको घोषणा भने गरिसकेको छ। हिजो समय नपुगका कारण बाँकी प्रसारण आज आउँदैछ। शो को घोषणा अनुसार पहिलो करोडपति विराटनगरका राजीव जैन हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए। दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन्।

Advertisement

शनिबार राती प्रसारण भएको एपिसोडमा ‘को बन्छ करोडपती’ले पहिल्यै ‘पहिलो करोडपति परिचित गराइँदै’ भनेकोले राजीव नै पहिलो करोडपति हुन् भन्ने प्रस्ट छ। यद्यपि शनिबारको एपिसोडमा राजीवले २५ लाख मात्र जितेका छन् र समय अपुगका कारण बाँकी प्रसारण अहिले भइरहेको छ।

हेर्नुहोस् शो को लाइभ भिडियो

More News last news
Loading...